SHARE
बुटवल टुडे · बिहीबार २४ बैशाख २०८३ ०५:१९ PM · 1 मिनेट पढाइ

संवैधानिक परिषद्को सिफारिसप्रति सुशीला कार्कीको असन्तुष्टि

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश तथा पूर्वप्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक परिषद्ले गरेको प्रधानन्यायाधीश सिफारिसप्रति कडा असन्तुष्टि जनाउँदै सरकारको निर्णय प्रक्रियामाथि प्रश्न उठाएकी छन्। उनका अनुसार वरिष्ठता मिच्दै चौथो वरीयताका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका लागि सिफारिस गर्नु “विधि र स्थापित परम्परा विपरीत” हो। उनले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल सक्षम हुँदाहुँदै पनि बेवास्ता गरिएको विषयलाई प्रश्नयोग्य भएको बताइन्।