SHARE
बुटवल टुडे · बिहीबार २४ बैशाख २०८३ ०५:३१ PM · 1 मिनेट पढाइ

लिपुलेक–कालापानी विवादमा भारत वार्ताका लागि तयार

काठमाडौँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई लिएर नेपाल–भारतबीच लामो समयदेखि चल्दै आएको सीमा विवाद फेरि चर्किएको छ। यसैबीच भारतले नेपालसँग छलफल गर्न तयार रहेको संकेत दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रबिन्द्र जैसवालले पत्रकार सम्मेलनमा बोल्दै भारत नेपालसँग रहेका सबै विषयमा संवाद गर्न खुला रहेको बताएका छन्।