SHARE
बुटवल टुडे · बुधबार १६ बैशाख २०८३ ०५:४१ PM · 1 मिनेट पढाइ

बुद्ध जयन्ती सम्बन्धी पत्रकार सम्मेलनमै विवाद, सञ्चारकर्मीको कडा असन्तुष्टि

लुम्बिनी । बुद्ध जयन्तीको तयारीबारे जानकारी दिन लुम्बिनी विकास कोष द्वारा आयोजित पत्रकार सम्मेलनमै सञ्चारकर्मी र सरोकारवालाबीच चर्को विवाद उत्पन्न भएको छ। सञ्चार माध्यमप्रति अपमानजनक व्यवहार र श्रमजीवी पत्रकारहरूको शोषण भएको आरोप लगाउँदै पत्रकारहरूले कार्यक्रममै कडा असन्तुष्टि जनाएका हुन्।