हावाहुरीले दाङमा चार जना घाइते
दाङ । आज साँझ आएको हावाहुरीका कारण दाङको लमही क्षेत्रमा चार जना घाइते भएका छन्। लमही नगरपालिका–४ अर्नवाका प्रजा चौधरी हावाहुरीका क्रममा घाइते भएका हुन्। त्यसैगरी लमही–४ शान्तिनगरका जगतबहादुर थापाको जस्तापाताले काट्दा हातमा गम्भीर लागेको छ। यस्तै, लमही नगरपालिका–३ वनगाउँका कमल खनालको हात भाँचिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
