SHARE
बुटवल टुडे · बिहीबार १७ बैशाख २०८३ ०२:१८ PM · 1 मिनेट पढाइ

सुकुमबासी समस्या समाधान डोजरबाट हैन ऐनबाट गर्नुपर्छ : चौधरी

लुम्बिनी । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दल नेकपाका प्रमुख सचेतक इन्द्रजीत चौधरीले सुकुम्बासी समस्या डोजर प्रयोग गरेर नभई कानुनी रूपमा समाधान गर्नुपर्ने बताएका छन्। उनले संघीय सरकारले सुकुम्बासी हटाउने कार्य बल प्रयोगबाट नभई ऐनमार्फत समाधान खोज्नुपर्नेमा संघ सरकारको ध्यानकार्षण गराए।