SHARE
बुटवल टुडे · शुक्रबार​ १८ बैशाख २०८३ ०५:०६ PM · 1 मिनेट पढाइ

लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ

काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषध कारोबारमा संलग्न ३४ जनालाई पक्राउ गरेको हो । प्रहरीले झापा, सुनसरी, कैलाली, चितवन, कास्की, काठमाडौँलगायत जिल्लाबाट लागुऔषधसहित ३४ जना पक्राउ गरेको हो । काठमाडौँको दक्षिणकाली नगरपालिका(५, बुढानिलकण्ठ नगरपालिका(६ र चन्द्रागिरी नगरपालिका(२ नागढुङ्गाबाट एकरएक जना पक्राउ परेका छन् ।