SHARE
बुटवल टुडे · शुक्रबार​ १८ बैशाख २०८३ ०५:२३ PM · 1 मिनेट पढाइ

१९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र लाइसेन्स खारेज गरेको छ । काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले जानकारी द्एि । यसअघि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १७ जनाको लाइसेन्स खारेज गरेको थियो ।