SHARE
बुटवल टुडे · शनिबार १९ बैशाख २०८३ ०३:५५ PM · 1 मिनेट पढाइ

प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि

काठमाडौँ । यस वर्ष प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा वृद्धि भएको छ । नेपाल पत्रकार महासङ्घका अनुसार मे ४ सन् २०२५ देखि ३० अप्रिल २०२६ सम्म गरिएको अध्ययन विवरणमा १३१ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । गत वर्ष सोही अवधिमा ७३ वटा यस्ता घटना भएका थिए ।