SHARE
बुटवल टुडे · शुक्रबार​ ११ बैशाख २०८३ ०४:४२ PM · 1 मिनेट पढाइ

यातायात महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन पोखरामा हुने

काठमाडौँ । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशन पोखरामा हुने भएको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक सूचना जारी गरी सातौँ राष्ट्रिय महाधिवेशन यही वैशाख २७ गतेदेखि २९ गतेसम्म पोखरा इभेन्ट सेन्टरमा हुन लागेको जानकारी दिए।