SHARE
बुटवल टुडे · शुक्रबार​ ११ बैशाख २०८३ ०५:४७ PM · 1 मिनेट पढाइ

सुकुमबासी : चुनावीमा रविको वाचा एकातिर, बालेनको डोजर अर्कातिर

काठमाडौं । दुई महिनाअघि प्रतिनिधि सभाको चुनाव प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुकुम्बासी समुदायलाई लक्षित गर्दै दिएको अभिव्यक्ति अहिले फेरि चर्चामा आएको छ। त्यतिबेला उनले “डोजर गरिबको बस्तीमा होइन, भ्रष्टाचारीको महलमा चल्नेछ” भन्दै आश्वस्त पारेका थिए।