SHARE
बुटवल टुडे · शनिबार १२ बैशाख २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

बुटवल घटना छानबिन समितिको रिपोर्ट: डा. रुपाखेती निलम्बित, जोनल र इन्दुलेखा बन्द गर्न सिफारिश

बुटवल: नेपाल मेडिकल काउन्सिलले डा. शतिस कुमार रूपाखेतीलाई निलम्बन गरेको छ। नेपाल मेडिकल काउन्सिलले बुटवलमा उपचारका क्रममा ज्यान गुमाएकी पाल्पाको बगनासकाली गाउँपालिका-२ की २९ वर्षीया गीता पाण्डेयको उपचारबारे छानबिनका लागि बनाएको समितिको सिफारिशका आधारमा रुपाखेतीलाई निलम्बन गरेको हो।