उद्धार गरिएका नागरिकलाई निःशुल्क अस्थायी आवास दिन तयार होटल व्यवसायी महासंघ
काठमाडौं । होटल व्यवसायी महासंघ नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत उद्धार गरिएका नागरिकहरूको व्यवस्थापनमा सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको जनाएको छ। महासंघले आइतबार एक वक्तव्य जारी गर्दै काठमाडौंको थापाथली लगायतका जोखिमयुक्त क्षेत्रबाट सरकारले उद्धार गरिएका नागरिकहरूलाई सुरक्षित आश्रय उपलब्ध गराउन आफ्ना सदस्य होटलहरू परिचालन गर्न सकिने जानकारी दिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
