SHARE
बुटवल टुडे · आइबार​ ६ बैशाख २०८३ ०२:११ PM · 1 मिनेट पढाइ

हावाहुरी पीडित मुसहरलाई लहान नगरपालिकाको सहयोग

सिरहा । शनिबार साँझ आएको हावाहुरीबाट प्रभावित मुसहर परिवारलाई लहान नगरपालिकाले राहत वितरण गरेको छ । हावाहुरीका कारण लहान नगरपालिका–२१ कालाबन्जरस्थित मुसहर बस्तीका २१ परिवारको जस्तापाता उडाएको थियो । स्थलगत निरीक्षणका क्रममा नगरप्रमुख महेशप्रसाद चौधरीले पीडित परिवारलाई त्रिपाल, चामल, नुन, खाने तेल लगायतका आवश्यक सामग्री वितरण गरेका छन ।