SHARE
बुटवल टुडे · सोमबार ७ बैशाख २०८३ ११:०० AM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशसभा बैठक: इन्धन मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १३ औँ बैठकमा प्रदेशसभा सदस्यहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवनमा गम्भीर असर परेकाले तत्काल निर्णय फिर्ता लिन सङ्घीय सरकारसँग माग गरेका छन् ।