SHARE
बुटवल टुडे · मङगलबार ८ बैशाख २०८३ ०३:५७ PM · 1 मिनेट पढाइ

आईजीपी बढुवामा अन्योल : सिनियरिटी भन्दा चलखेल हाबी

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका प्रमुख आईजीपी राजु अर्याल अबको १० दिनपछि अनिवार्य अवकाशमा जाँदै छन् । तर, उनको अवकाश नजिकिँदासमेत सरकारले नयाँ आईजीपी नियुक्त गर्न सकेको छैन, जसले सुरक्षा निकायभित्रै गम्भीर संकाको प्रश्न उठाएको छ। सशस्त्र प्रहरी नियमावलीअनुसार चार वर्षे कार्यकाल पूरा गरेका अर्याल १८ वैशाख २०७९ मा आईजीपी बनेका थिए ।