SHARE
बुटवल टुडे · मङगलबार ८ बैशाख २०८३ ०४:११ PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा डा. विष्णु गौतम

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको मेडिकल सुपरिटेन्डेन्ट मेसु पदमा डा. विष्णु गौतम नियुक्त भएका छन्। लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। स्वास्थ्य मन्त्री खेम सारुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले अन्तरिम व्यवस्थाका रूपमा डा.गौतमलाई मेसुको जिम्मेवारी दिइएको जानकारी दिए।