SHARE
बुटवल टुडे · सोमबार ३० चैत २०८२ ०७:४३ AM · 1 मिनेट पढाइ

इरानमा १६०० बढी मृत्युदण्ड

इरान । इरानमा सन् २०२५ मा मृत्युदण्डको प्रयोग चिन्ताजनक रूपमा तीव्र भएको पाइएको छ । दुई अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाका अनुसार उक्त वर्ष कम्तीमा एक हजार ६३९ जनालाई मृत्युदण्ड दिइएको छ । यो सन् १९८९ पछिकै उच्च सङ्ख्या हो र यसले राज्यद्वारा दमनको औजारका रूपमा मृत्युदण्ड प्रयोग भइरहेको सङ्केत गरेको छ ।