SHARE
बुटवल टुडे · शनिबार २८ चैत २०८२ ०५:०१ PM · 1 मिनेट पढाइ

लागूऔषधविरुद्ध प्रहरीको अपरेसनमा १७ जना पक्राउ

काठमाडौँ। प्रहरीले देशका विभिन्न स्थानबाट ठुलो परिमाणमा अवैध लागूऔषधसहित १७ जनालाई नियन्त्रणमा लिएको छ। नवलपरासी पश्चिमदेखि धनगढीसम्म सञ्चालित विभिन्न अपरेसनका क्रममा गाँजा, ब्राउनसुगर, खैरो हेरोइन र नियन्त्रित फर्मास्युटिकल लागूऔषध बरामद भएको हो। पक्राउ पर्नेमा ६० वर्षीया वृद्धादेखि युवाहरूसम्म रहेका छन्।