SHARE
बुटवल टुडे · आइबार​ २९ चैत २०८२ ०४:४८ AM · 1 मिनेट पढाइ

पाल्पा केलादीदेखि झ्यालबास जोड्ने सडक निर्माणमा ढिलाई

पाल्पाको केलादीदेखि निस्दीको सहलकोट हुँदै पूर्वी नवलपरासीको झ्यालबास जोड्ने सडक निर्माणको काममा ढिलाई भएको छ। २०७९ साल फागुन १४ गते सो सडक खण्डको सात किलोमिटर सडक कालोपत्रे गर्नका लागि २४ करोड ४४ लाख रुपैयाँमा २०८२ भदौ १५ गते सम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।