SHARE
बुटवल टुडे · आइबार​ २९ चैत २०८२ ०३:१२ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेन्द्रसँग १ करोडबढि नगद,पत्नीसँग १९० तोला सुन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको विवरण अनुसार शाहसँग नगद मात्रै १ करोड ४६ लाख रुपैयाँ रहेको देखिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको विवरणअनुसार उनले फेसबुक, युट्युब र टिकटकजस्ता सामाजिक सञ्जालमार्फत आम्दानी गरेको उल्लेख गरेका छन्। अन्य सम्पत्तिका रूपमा पनि उनले यी डिजिटल प्लेटफर्महरूलाई समावेश गरेका छन्।