SHARE
बुटवल टुडे · शुक्रबार​ २७ चैत २०८२ ०३:२७ PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेशसभाबाट अनुसन्धान प्रतिष्ठान सम्बन्धी विधेयक पारित

दाङ । लुम्बिनी प्रदेशसभाबाट ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मत रूपमा पारित भएको छ। शुक्रबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्य का तर्फबाट भौतिक पूर्वाधार तथा विकासमन्त्री भूमिश्वर ढकाल ले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।