SHARE
बुटवल टुडे · शुक्रबार​ २७ चैत २०८२ ०४:५७ PM · 1 मिनेट पढाइ

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी । चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क पोथी गैँडाको मृत्यु भएको छ । निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरका अनुसार बिहीबार निकुञ्जमा गस्ती गएका सेनालाई गैँडाले आक्रमण गरेपछि आत्मरक्षाका लागि चलाएको गोलीबाट गैँडाको मृत्यु भएको हो ।