SHARE
बुटवल टुडे · बिहीबार २६ चैत २०८२ ०४:१५ PM · 1 मिनेट पढाइ

सडकमै सवारी चालकको आँखा परीक्षण

गुल्मी । गुल्मीको धुर्कोट वस्तुदेखि तम्घाससम्म नियमित जीप चलाउने चालक राजु श्रेष्ठको जीप आज बिहान प्रहरीको समूहले तम्घासको उदिनढुङ्गामा रोक्यो । उनी आफूले बढी यात्रु नराखेको र मापसे नगरेको कारण प्रहरीसँग ढुक्क थिए। तर प्रहरीले गाडी साइड लगाएर श्रेष्ठलाई आँखा जाँच गर्न पठायो ।