SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ ०७:१३ AM · 1 मिनेट पढाइ

चितवनबाट बुटवल ल्याएको हरियो बोडीमा अत्याधिक विषादी, खानयोग्य नभएपछि नष्ट

बुटवलको थोक बजारमा बेच्न राखिएको हरियो बोडीमा अत्याधिक मात्रामा बिषादी प्रयोग गरेको भेटिएको छ । बुटवल कृषि उपज थोक बजार केन्द्रमा आज बिहानै आएका हरियो तरकारी तथा फलफूलको नमुना संकलन गरी परिक्षण गर्दा चितवनबाट ल्याईएको बोडीमा अत्याधिक मात्रामा विषादी प्रयोग भएको पाईएको हो ।