SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ ०४:२७ PM · 1 मिनेट पढाइ

राष्ट्रपतिले चैत २७ गते संयुक्त बैठकमा सम्बोधन गर्ने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले चैत २७ गते दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने तय भएको जानकारी दिए ।