SHARE
बुटवल टुडे · बुधबार २५ चैत २०८२ ०४:४६ PM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेश सभा बैठक : सुशासन र निष्पक्ष कारबाहीमा जोड

लुम्बिनी । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत आठौं बैठकमा प्रदेश सभा सदस्यहरूले सुशासन कायम राख्न र जनताको अपेक्षा अनुसार सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन। प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले पूर्वप्रधानमन्त्री र पूर्व गृहमन्त्रीको हिरासत गैरकानूनी भएको दावी गर्दै बिनाशर्त रिहा गर्न माग गरेका छन।