SHARE
बुटवल टुडे · शुक्रबार​ २० चैत २०८२ १०:१३ AM · 1 मिनेट पढाइ

लुम्बिनी प्रदेश सभाको बैठक चैत २२ गते बस्ने

लुम्बिनी । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन अन्तर्गत पाँचौँ बैठक आगामी चैत २२ गते आइतबार दिउँसो १ बजे बस्ने तय गरिएको छ। प्रदेश सभा सचिवालयले जारी गरेको सूचनाअनुसार सभामुखको निर्देशनमा उक्त बैठकको समय निर्धारण गरिएको हो।