SHARE
बुटवल टुडे · शुक्रबार​ २० चैत २०८२ १०:३६ AM · 1 मिनेट पढाइ

विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेजीको तयारी

काठमाडौं । प्रधानमन्त्री कार्यालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेका दुई महत्वपूर्ण निकाय — विज्ञापन बोर्ड र न्यूनतम पारिश्रमिक निर्धारण समिति — खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। सरकारद्वारा गठित शासकीय सुधार तथा सुशासनसम्बन्धी कार्यदलले ती निकायहरूको औचित्य रप्रभावकारिता माथि प्रश्न उठाउँदै खारेजी वा पुनर्संरचनाको सिफारिस गरेपछि प्रक्रिया अघि बढाइएको हो।