पत्रकार महासङ्घको अल्टिमेटम सरकारी विज्ञापन परिपत्र सच्याउन तीन दिनको समय
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारको विज्ञापन तथा सूचना प्रकाशनसम्बन्धी निर्णयविरुद्ध कडा असन्तुष्टि जनाउँदै तीन दिने अल्टिमेटम दिएको छ। शुक्रबार काठमाडौँमा सरोकारवालासँग गरिएको छलफलपछि महासङ्घले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको परिपत्र सच्याउन सरकारलाई तीन दिनको समय दिएको हो। उक्त परिपत्रमा सरकारी सूचना तथा विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन र प्रसारण गर्न निर्देशन दिइएको छ।
