SHARE
बुटवल टुडे · शनिबार २१ चैत २०८२ ०४:२८ PM · 1 मिनेट पढाइ

विद्यार्थी र अभिभावकसँगै मनायो शमसेर स्मृति विद्यालयले वार्षिकोत्सव

ओमसतिया । ओमसतिया गाउँपालिका–६ नरैनापुरस्थित शमसेर स्मृति आधारभूत विद्यालयले आफ्नो २०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ। यस अवसरमा विद्यालयको मुखपत्र दिव्य ज्योती २०८२’को पहिलो अंक पनि विमोचन गरिएको थियो। वि.सं.२०६३ सालमा स्थापना भएको विद्यालयमा हाल करिब १५० जना विद्यार्थी अध्ययनरत छन्।