फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु
गण्डकी । फेवाताल किनारामा मापदण्ड विपरीत निर्माण गरिएका संरचना हटाउने काम सुरु गरिएको छ।पोखरा महानगरपालिकाले आज नेपाल प्रहरीको सहयोगमा डोजर प्रयोग गर्दै सेदि देखि खपौदीसम्म रहेका ३२ वटा अवैध टहरा भत्काएको महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिए। महानगरपालिकाले सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन गर्दै मापदण्डविपरीत संरचना हटाइएको जनाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
