ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा भोलि सुनुवाइ
काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा भोलि आइतबार सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षी सरकार पक्षबाट लिखित जवाफ प्राप्त भइसकेको स्रोतले जनाएको छ। अब मुद्दाका सबै प्रक्रिया पूरा भइसकेकाले दुवै रिट भोलि पेसीमा चढ्ने बताइएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
