SHARE
बुटवल टुडे · शनिबार २१ चैत २०८२ ०५:१६ PM · 1 मिनेट पढाइ

कांग्रेसको एकमहिने जरा अभियान जिल्लामा खटायो प्रतिनिधि

ललितपुर । नेपाली कांग्रेसले जरा अभियान र १५औँ महाधिवेशन कार्य प्रारम्भ गर्नका लागि ७७ जिल्लामा प्रतिनिधि खटाएको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक विज्ञप्ति जारी गरी पार्टी सङ्गठनलाई सुदृढ, सशक्त र प्रभावकारी बनाउन ७७ वटै जिल्ला र पार्टीको तल्लो तहसम्म पुग्ने गरी ‘एकमहिने जरा अभियान’ अन्तर्गत केन्द्रीय प्रतिनिधि खटाइएको जानकारी दिनुभयो ।