SHARE
बुटवल टुडे · आइबार​ २२ चैत २०८२ ०८:३१ AM · 1 मिनेट पढाइ

गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री वितरण

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ३ मा गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य र पोषण अवस्थालाई सुदृढ बनाउने उद्देश्यले पोषण सामग्री वितरण गरिएको छ । वडा भित्र रहेका सुनौलो हजार दिनका आमा तथा शिशुको पोषण सुधारलाई प्राथमिकता दिदै पोषण सामाग्री प्रदान गरिएको हो ।