SHARE
बुटवल टुडे · आइबार​ २२ चैत २०८२ ०१:०८ PM · 1 मिनेट पढाइ

बुटवलमा दोस्रो दिन पनि जारी छ अपरेशन साइलेन्ट स्ट्रिट अभियान

बुटवलमा अपरेशन साइलेन्ट स्ट्रिट अभियान दोस्रो दिन पनि जारी छ। नेपाल प्रहरी (इलाका प्रहरी कार्यालय बुटवल) र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलको संयुक्त टोलीले सडक सुरक्षा, ट्राफिक नियमको पालना र अस्वभाविक रुपमा मोडीफाइ गरी ध्वनि प्रदुषण गरिएका सवारी साधन नियन्त्रणमा लिने काम भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिए।