लुम्बिनी प्रदेशसभा सदस्य शर्मा थुनामुक्त
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेकपा एमालेकी लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा थुनामुक्त गरेको छ । न्यायाधीश जगत पौडेलको इजलासले आज प्रदेशसभा सदस्य शर्मालाई थुनामा राखी मुद्दा पुर्पक्ष गर्नुपर्ने अवस्था नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो । महान्यायाधिवक्ताको कार्यालयले २०८२ जेठ १६ गते शर्मामाथि मुद्दा नचल्ने निर्णय गरेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
