SHARE
बुटवल टुडे · बुधबार १८ चैत २०८२ ०५:४३ AM · 1 मिनेट पढाइ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ नयाँ ब्यागेज ह्यान्डलिङ प्रणाली सञ्चालनमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको सुविधालाई लक्षित गर्दै आधुनिक ब्यागेज ह्यान्डलिङ प्रणाली सञ्चालनमा ल्याइएको छ । बुधबार एक कार्यक्रमका बिच नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देव चन्द्र लाल कर्णले उक्त सेवाको उद्घाटन गरेका छन् ।