SHARE
बुटवल टुडे · बुधबार १८ चैत २०८२ ०५:२८ PM · 1 मिनेट पढाइ

संसद्को पहिलो बैठकका ५ कार्यसूची , चैत २२ मा सभामुख निर्वाचन

काठमाडौं । फागुन २१ को निर्वाचन पछि बनेको नयाँ प्रतिनिधिसभाको पहिलो बैठकका लागि पाँच बुँदे कार्यसूची तय गरिएको छ। बुधबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले आगामी बैठकका कार्यक्रमहरूतय गरेको हो। बैठकमा पहिलो दिन अधिवेशन आह्वानसम्बन्धी सूचना वाचन गरिनेछ। सभामुख निर्वाचित नहुँदासम्म ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले बैठकको अध्यक्षता गर्नेछन्।