SHARE
बुटवल टुडे · बुधबार १८ चैत २०८२ ०६:०७ PM · 1 मिनेट पढाइ

बिहीबारदेखि एसइई सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी लुम्बिनीबाट ९१ हजार बढि

भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि देशभर सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डले सबै तयारी पूरा भएको जनाएको छ। कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका १ हजार ९ सय ६६ परीक्षा केन्द्र र जापानको एक केन्द्रसहित बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ।