SHARE
बुटवल टुडे · आइबार​ १५ चैत २०८२ ०४:२४ PM · 1 मिनेट पढाइ

लागूऔषध दुरुपयोग र एचआइभी नियन्त्रणमा सहकार्य आवश्यक

भैरहवा । भैरहवामा लागूऔषध दुरुपयोग तथा एचआइभी रोकथाम सम्बन्धी सरोकारवालाहरूको बैठक सम्पन्न भएको छ । बैठकमा समस्या, असर र समाधानका उपायबारे छलफल गरिएको हो । आस्था समूह,रुपन्देहीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा लागूऔषध दुरुपयोग,यसले निम्त्याउने सामाजिक,आर्थिक,पारिवारीक साथै सामाजिक असर र यसको न्यूनिकरणका लागि आस्था समूहले प्रदान गरिरहेको सेवाका वारेका संस्थाका खेमराज हितानले प्रस्तुतीकरण गरेका थिए ।