SHARE
बुटवल टुडे · आइबार​ १५ चैत २०८२ ०७:५० PM · 1 मिनेट पढाइ

सत्ताको संरक्षणमा कानुनले छोएन तर बालेन सरकारले छोडेन

काठमाडौँ – लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा आइतबार राति काठमाडौंको धुम्बराहीबाट पक्राउ परेकी छिन्। उनी नेकपा एमालेबाट समानुपातिक सांसद हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो। सांसद शर्मा विरुद्ध मुद्दा पहिलो पटक २०८१ सालमा जिल्ला प्रहरी परिसर, काठमाडौंमा दर्ता भएको थियो।