SHARE
बुटवल टुडे · सोमबार १६ चैत २०८२ ०३:११ PM · 1 मिनेट पढाइ

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन । उनले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार यही चैत १९ गते बिहीबार दिउँसो २ः०० बजे अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।