मलेखु–मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन दिनसम्म राति छ घण्टा पूर्ण रूपमा बन्द गरिने भएको छ । सडक स्तरोन्नति भइरहेकाले यही चैत १९ गतेसम्मका लागि राति आवागमन बन्द गर्न लागिएको हो । मुग्लिन–नागढुङ्गा सडक योजना ९पश्चिम खण्ड० अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरलगायतका स्थानमा सडक स्तरोन्नति भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
