SHARE
बुटवल टुडे · सोमबार १६ चैत २०८२ ०४:४३ PM · 1 मिनेट पढाइ

स्थानीय तहमा ६३ उपसचिव सरुवा (सूचीसहित)

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ उपसचिव वा सो सरहका कर्मचारीलाई सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिका कार्यालयहरुमा उपसचिव वा सोसरहका कर्मचारी खटाउने निर्णय गरेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव नीता पोखरेल अर्यालले जानकारी दिए ।