संविधान संशोधन बहस कार्यदलको नेतृत्वमा असिम शाहको तयारी
काठमाडौं । सरकारले संविधान संशोधनसम्बन्धी बहसलाई अघि बढाउन सर्वदलीय कार्यदल गठन गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधिहरू समेटिने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार कार्यदलको नेतृत्व प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले गर्नेछन्।
