SHARE
बुटवल टुडे · शुक्रबार​ १३ चैत २०८२ ०८:२६ AM · 1 मिनेट पढाइ

नवनियुक्त भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालको जीवनी

रुपन्देही क्षेत्र नं १ बाट गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित सुनील लम्साल पेसाले इन्जिनियर हुन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलबारीमा २०५२ सालदेखि स–परिवार स्थायी बसोबास गर्दै आएका लम्साल २०४७ असोज १८ गते स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका बिर्घामा जन्मिएका हुन् ।