SHARE
बुटवल टुडे · शुक्रबार​ १३ चैत २०८२ ०४:३९ PM · 1 मिनेट पढाइ

बिपी राजमार्गमा अवरुद्ध, सवारीसाधन होल्ड

काभ्रेपलाञ्चोक । आज साँझको वर्षात्का कारण बिपी राजमार्गमा यातायात अवरुद्ध भएको छ । साँझ ६ बजेदेखि राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डअन्तर्गत रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा लेदोसहितको बाढीपहिरोका कारण यातायात अवरुद्ध भएको हो ।