SHARE
बुटवल टुडे · शुक्रबार​ १३ चैत २०८२ ०४:५० PM · 1 मिनेट पढाइ

गाउँकी छोरी मन्त्री बनेपछि जोनापुरमा खुसी

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ स्थित जोनापुर गाउँमा यतिबेला उत्साह र खुसियालीको माहोल बनेको छ । आफ्नै गाउँको माटोमा जन्मेर हुर्किएकी गीता चौधरीले नेपाल सरकारको मन्त्रिमण्डलमा कृषि, पशुपन्छी विकास र वन तथा वातावरण मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाएपछि स्थानीय बासिन्दामा नयाँ आशा पलाएको हो ।