SHARE
बुटवल टुडे · शुक्रबार​ १३ चैत २०८२ ०४:५७ PM · 1 मिनेट पढाइ

कैदीबन्दीको रोजाइमा चितवन कारागार

चितवन । चितवनको कारागार कार्यालय बिरामी कैदीबन्दीको पहिलो रोजाइमा पर्दै आएको छ । यहाँ रहेका क्यान्सर अस्पताल, भरतपुर अस्पताल र दुई वटा ठूला मेडिकल कलेजमा सहज रुपमा उपचार पाउने भएकाले पनि कैदी बन्दीको रोजाइमा यो कारागार पर्ने गरेको हो ।