SHARE
बुटवल टुडे · शनिबार १४ चैत २०८२ ०४:०७ PM · 1 मिनेट पढाइ

बुटवलमा प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा माग गर्दै सडकमा उत्रियो एमाले

रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार बिहान पक्राउ परेपछि देशको राजनीतिक वातावरण एकाएक तातेको छ। बिहानै काठमाडौँको गुण्डुस्थित आफ्नै निवासबाट पक्राउ गरिएका ओलीको विषयलाई लिएर एमाले कार्यकर्ताहरू आक्रोशित बन्दै सडकमा उत्रिएका छन्। पक्राउको खबर सार्वजनिक हुनासाथ राजधानी काठमाडौंमा दिउँसोदेखिनै एमालेका नेता तथा कार्यकर्ताहरू विरोध प्रदर्शनमा उत्रिएका थिए।